१७ दिन अघि रोजगारीका लागि युएई गएका १० नेपाली श्रमिक अलपत्र | Khabarhub Khabarhub

१७ दिन अघि रोजगारीका लागि युएई गएका १० नेपाली श्रमिक अलपत्र


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि युएई गएका १० जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरु १७ दिनअघि मात्र युएई रिलाइबल र जीसीडी म्यानपावर कप्पनीमार्फत गएका थिए ।

उदयपुरका रामनरेश चौधरी, सुनसरीका लिब्छ साफी, सादिक मियाँ, नवलपरासीका तेजबहादुर कुमाल, धनुषाका गोबर्धन न्यौपाने, उदयपुरका मोहन घिमिरे र कैलालीका अनिल साहगायत दुबईमा अलपत्र परेपछि नेपाली श्रमिककहाँ बसेका छन् ।

कम्पनीले दिन दिनै अलगअलग ठाँउमा मजदुरी गर्न पठाउने गरेको तर खान र बस्न समेत नदिएपछि उनीहरु अन्य नेपाली कामदारको शरणमा बसिरहेका छन् । म्यानपावर कम्पनीसँग भएको सम्झौता अनुसार काम, पारिश्रमिक नदिएको , खान बस्नसमेत व्यस्था नदिएको उनीहरुको भनाइ छ ।

रिलाइबल र जीसीडी म्यानपावरले कम्पनीमार्फत प्रतिव्यक्ति एकलाख ३० हजारभन्दा बढी खर्च गरेर दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् र उनीहरुबाट म्यानपावर कम्पनीले एयरोलिंक कम्पनीको काम भन्दै एक लाख ३० हजार रुपैयाँ लिएको थियो । उनीहरुलाई सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि घर फर्कने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

घर फर्कनका लागि म्यानपावर कम्पनीलाई आग्रह गर्दा समेत धम्क्याउने गरेको भन्दै पीडितले वैदेशिक रोजगार विभागको कल सेन्टरमा उजुरी गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : २० बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु