सभापति देउवाले पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको नेता सिटौलाको आरोप « Khabarhub

सभापति देउवाले पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको नेता सिटौलाको आरोप


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउँन खोजेको आरोप लगाएका छन्।

सभापति देउवाले विधान लत्याउँदै अगाडि बढेका कारण पार्टीभित्र सहमति र सहकार्यको लागी अवरोध सिर्जना भएको उनले बताए ।

देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे , ‘हिजो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति र रामचन्द्र पौडेल कार्यबाहक सभापति हुँदा तपाईलाई सहमतिमै राखेर महाधिवेशन घोषणा गरेको हैन ? अहिले तपाई सभापति हुँदा सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन कस्ले रोक्यो ? तपाई को हो पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोज्ने ?

जीपी फाउण्डेशन प्रदेश–१ले धनकुटाको मौनाबुदुकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सभापतिको कुर्सीमा बसेर गुट र गिरोहको मात्रै सभापति नहुन देउवालाई चेतावनि समेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिस्टहरुसँग लड्नुपर्ने समयमा सभापतिकै कारण कांग्रेस आन्तरिक झगडामा फसेको बताए।

डा कोइरालाले सभापति कांग्रेसको घरमुली भएको बताउँदै घरभित्रको फरक विचार र असन्तुष्टिको सम्बोधन गरेर सबैलाई सँगै हिडाउने काम देउवाकै भएको बताए।

नेपाली कांग्रेसको इतिहासमा आजसम्म सहमतिकै आधारमा महाधिवेशनको मिति घोषणा भएको भन्दै कोइरालाले भने, ‘ अहिले आएर बहुमतको आधारमा यस्तो निर्णय हुनु पार्टीकै निम्ति दुर्भाग्य हो ।’

कार्यक्रममा तेह्रथुम कांग्रेसका सभापति गोबिन्द ढुंगाना,धनकुटा कांग्रेसका सभापति अग्नीप्रसाद पौडेल, सुनसरी कांग्रेसका सचिव सुजेन्द्र तामाङ् लगायतले पार्टी आन्तिरिक किचलोमा फस्न नहुने तर्क गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ४१ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको