घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्न आदेश « Khabarhub

घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्न आदेश


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ ।

पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बंगलादेशी अभियोजनकर्ताहरूले जनाएका छन् ।

“ती सबै जना न्यायालयबाट भागेका अधिकारी हुन्,” अभियोजनकर्ता कुर्सिद अलाम खानले एएफपीलाई बताए । सिन्हाले पदमा रहँदा आर्थिक अपचलन गरेको र एक बैंकबाट अर्को गर्दै सम्पत्ति शुद्धिकरण गरेको आरोप छ ।

सिन्हाले सरकारविरोधी हुनेगरी न्यायिक स्वतन्त्रताको पक्षमा महत्वपूर्ण फैसला गरेको आरोप छ । उनीमाथिको आरोपले चर्कोरूप लिएपछि सन् २०१७ को अन्त्यतिर बंगलादेशबाट पलायन भै उत्तर अमेरिकामा रहँदै आएका छन् ।

मुसलमान बहुल राष्ट्र बंगलादेशमा सिन्हालाई हिन्दू भएको कारण उनको विश्वशनीयतामाथि आक्रमण गर्दै आर्थिक अपचलन गरेको आरोप प्रतिपक्षी तथा अधिकारवादी समूहहरूले लगाउने गरेका छन् । सिन्हा हिन्दू समुदायबाट बंगलादेशको प्रधानन्यायाधीश बन्ने पहिलो व्यक्ति हुन् ।

सिन्हाले नेतृत्व गरेको अदालतका अन्य न्यायाधीशले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीसँग काम गर्न नसक्ने भन्दै विरोध जनाएपछि बंगलादेशको सर्वोच्च अदालतले सन् २०१७ मा अदालतको अभ्यासमा दुर्लभ मानिने विज्ञप्ति जारी भएपछि देशबाट पलायन भएका थिए ।

सिन्हामाथि उक्त आरोप लाग्नुभन्दा पहिले उनले संसदले सर्वोच्च अदालतका उच्च अधिकारीलाई वर्खास्त गर्ने प्रावधानलाई एक आदेशद्वारा खारेज गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ४५ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले