सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त « Khabarhub

सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् ।

राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् ।

न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले गत मङ्सिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । सोही आदेशको कार्यान्वयनका क्रममा आज भारती धरौटीमा छुटेका हुन् । अदालतले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएपछि भारती कारागारमुक्त भएका हुन् ।

कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउन माग गर्दै भारतीले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन निवेदनको सुनुवाइपछि पुनः सो मुद्दामा सुनुवाइ गर्न आदेश भएको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी रु १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । भारतीले सो रकम बुझाएका छन् ।

सर्वोच्च अदालतले सोही प्रकरणमा नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई पनि दोषी ठहर गरेको थियो । पूर्व महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो ।

राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना तथा ठकुरीलाई एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ०० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको