इरानद्वारा परमाणु सम्झौता नमान्ने घोषणा | Khabarhub Khabarhub

इरानद्वारा परमाणु सम्झौता नमान्ने घोषणा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकासँग तनाव बढेसँगै इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ ।

एक वयानमा भनिएको छ अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा इरानले मान्ने छैन ।

राजधानी तेहरानमा बसेको मन्त्रिपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो । अमेरिकी हवाई आक्रमणमा परि आफ्ना जनर कासिम सुलेमानीको मृत्यु भएपछि इरानको तफर्पबाट आएको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिक्रिया आएको हो ।

२०१५ को सम्झौता अनुसार, इरान आफ्नो संवेदनशील परमाणु कार्यक्रमलाई सिमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउन अनुमति दिएको थियो । यसको बदलामा इरानमाथि लागेको आर्थिक प्रतिबन्ध हटेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए ।

आइतवार इराकको संसदले बगदादमा सुसलेमानी मारिएको विरोधमा इराकबाट विदेशी सुरक्षाबललाई निकाल्ने एक गैर बाध्यकारी प्रस्ताव पास गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : २८ बजे

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा