१ अर्ब ८० करोड रुपैयाँ बराबरको ‘म्युचुअल फण्ड’ आउँदै « Khabarhub

१ अर्ब ८० करोड रुपैयाँ बराबरको ‘म्युचुअल फण्ड’ आउँदै


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला २ सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवर्द्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल १ अर्ब ८० करोड रुपैयाँ बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना १ अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।

यस्तै लक्ष्मी बैंकले प्रवर्द्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड बराबरको छ । योजनामा कूल ८ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ ।

छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना