११ शिशुको मृत्युसँगै ट्युनिशियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा « Khabarhub

११ शिशुको मृत्युसँगै ट्युनिशियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिशिया– २४ घण्टाको अवधिमा ट्युनिशियाको राजधानी ट्युनिशमा रहेको एक अस्पतालमा ११ शिशुको मृत्यु भएपछि ट्युनिशियाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

अस्पतालमा छोटो समयमा शिशुको रहस्यमय हिसाबमा मृत्यु भएपछि मुलुकका स्वास्थ्यमन्त्री अब्देल रउफ अल शरिफले राजीनामा दिएका हुन् । शिशुहरुको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको र रगतमा संक्रमणका कारण शिशुहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

सन् २०११ मा भएको अरब स्प्रिङ नामक क्रान्तिपछि तत्कालीन शासक जिन अल अबिलिन बेन अलीको शासन समाप्त भएसँगै त्यहाँ सार्वजनिक सेवाको गुणस्तरमा ह्वात्तै कमी आएको बताइन्छ ।

ट्युनियशयाको सार्वजनिक सेवा तथा प्रशासनमा ठूलो मात्रामा भ्रष्टाचारको समस्या समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ०० बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली