सुनका गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको हत्या « Khabarhub

सुनका गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको हत्या


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– २ जना बुहारीले सुनाका गहना लुट्न आफ्नी बृद्ध सासुको हत्या गरेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीकी देवी विक र लक्ष्मी विकले आफ्नी ७६ वर्षीया सासु कौशिला विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी मिनबहादुर घलेका अनुसार दुवै जनाले सासुले लगाएको सुनका गहना लुट्ने योजनाका साथ उनको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घटना भने पुस १७ गतेको हो । देवी र लक्ष्मीले आफ्नी सासुलाई गोरुले हानेको भन्दै उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए ।

तर, कौशिलाले लगाएका गहना नदेखिएपछि उनका केही आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

कौशिलाको गुल्मीमा उपचार हुन नसकेपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा १९ गते कौशिलाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा २ जना बुहारीले दाउराले हानेर घाइते बनाइ उनको गहना लुटेको देखिएको डिएसपी घलले जानकारी दिए ।

अहिले देवी र लक्ष्मी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : २९ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले