सुनका गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको हत्या « Khabarhub

सुनका गहना लुट्न दुई बुहारी मिलेर ७६ वर्षीया सासुको हत्या


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– २ जना बुहारीले सुनाका गहना लुट्न आफ्नी बृद्ध सासुको हत्या गरेका छन् ।

गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीकी देवी विक र लक्ष्मी विकले आफ्नी ७६ वर्षीया सासु कौशिला विकको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी मिनबहादुर घलेका अनुसार दुवै जनाले सासुले लगाएको सुनका गहना लुट्ने योजनाका साथ उनको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार घटना भने पुस १७ गतेको हो । देवी र लक्ष्मीले आफ्नी सासुलाई गोरुले हानेको भन्दै उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए ।

तर, कौशिलाले लगाएका गहना नदेखिएपछि उनका केही आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

कौशिलाको गुल्मीमा उपचार हुन नसकेपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा १९ गते कौशिलाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा २ जना बुहारीले दाउराले हानेर घाइते बनाइ उनको गहना लुटेको देखिएको डिएसपी घलले जानकारी दिए ।

अहिले देवी र लक्ष्मी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : २९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि