धैर्यको फल « Khabarhub

धैर्यको फल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे ।

एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको एक स्थानमा १०–१२ वटा ठिकै आकारका खाडल खनिएका थिए ।

त्यसरी ठाउँठाउँमा खाडल खनिएको देख्दा जिससका शिष्यहरूमा कौतूहल जाग्यो ।

उनीहरूमा त्यहाँ खाडल खनिनुको कारण थाहा पाउन मन लाग्यो ।

मनको खुल्दुली मेटाउन जिससका एक शिष्यले उनलाई सोधे, ‘गुरुदेव, यो बाटोभरि ठाउँठाउँमा लगभग एकै आकार–प्रकारका खाडल खनिएको देखिन्छ । तर, यसरी यी खाडल खन्नुको कारणबारे भने केही पनि बुझ्न सकिएन । हजुरले नै यसको कारणबारे प्रस्ट पारिदिनुप¥यो ।’

आफ्ना शिष्यको जिज्ञासा सुनेपछि जिसस एकैछिन गम्भीर भए र भने, ‘कुनै एकजना मानिसले पानीको खोजीमा यहाँ यी खाल्डाहरू खनेको हो । एउटा खाल्डो खनेपछि उसले त्यसमा पानी भेटेन र पानी नभेटेपछि फेरि अर्को खाडल खन्यो ।

उसले कुनैमा पनि पानी भेट्न सकेन । त्यसपछि उसले अर्को फेरि अर्को गर्दै यसरी खाल्डैखाल्डा खन्यो ।

यो सिलसिला लामै समय चलिरह्यो । तैपनि, उसले पानी भेट्टाएन । अन्ततः थाकेपछि उसले यो सिलसिला त्यागिदियो । त्यो मानिसमा धैर्य थिएन । उसले यति धेरै खाल्डो खन्नमा बढी श्रम र समय लगायो ।

बुद्धिमानीपूर्वक साराका सारा समय र श्रम एउटै खाल्डो खन्नमा लगाएको भए उसले अवश्यै पानी पाउने थियो ।

त्यसैले मानिसले हरेक काम धैर्यपूर्वक बुद्धि लगाएर गर्नुपर्छ । मान्छेले कुनै काम मन लगाएर गर्छ र थोरै धैर्य पनि राख्छ भने उसले परिश्रमको मिठो फल अवश्य पाउनेछ ।’

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १ : ५७ बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य