३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने « Khabarhub

३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले उक्त जानकारी दिएका हुन् ।

मन्त्री यादवले  श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि सारेको पनि बताए ।

सरकारले वैदेशिक रोजगारीका लागि युरोपको श्रम बजार समेत खोजीरहेको मन्त्री यादवको भनाइ थियो ।

गत मङ्सिर ४ गते भएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टलाई विस्थापित गरेर आएका यादवले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने पनि प्रतिवद्धता जनाए ।

उनले सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र १ लाख श्रमिक आवद्ध गराउने योजना बनाएको पनि बताए ।

सरकारले गत वर्ष मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर गत साउन १ गतेदेखि कार्यान्वयनमा लगेको थियो । तर श्रममन्त्री परिवर्तन भए पछि समाजिक सुरक्षा योजनामा सहभागी हुन नीजि क्षेत्रले तदारुकता देखाएका छैनन् ।

चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम सय दिनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक तथा सिपमुलक तालिम सन्चालनका लागि एकीकृत नीतिको प्रारुप तयार गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ३५ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग