बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित) « Khabarhub

बुध ग्रहको पूजा गर्नाले मिल्छ यस्तो लाभ (पूजा विधिसहित)


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवग्रह मध्येको एक हो-बुध ग्रह । बुध ग्रहको प्रभावस्वरुप व्यक्तिको विद्वता र उसमा रहेको वाद-विवादको क्षमतालाई दर्शउँछ ।

मानिसको जन्मकुण्डलीमा शुभ ग्रहका साथमा बुध बिराजमान छ भने शुभ फल मिल्छ । अशुभ ग्रहका साथमा बुध छ भने त्यो मानिसलाई अशुभ फल मिल्छ ।

यसरी बुध ग्रह अशुभ ग्रहमा बसेका भएमा देखिने दोष निवारणका लागि बुध ग्रहको पूजा गर्नुपर्ने शास्त्रले जनाउँछ ।

के हो बुध ग्रह ?

ज्योतिष शास्त्र अनुसार बुध ग्रहलाई ग्रहपति तथा राजकुमारको संज्ञा दिइन्छ । सौर्य मण्डलका सवैभन्दा सानो र सूर्यको सबैभन्दा नजिकको ग्रहका रुपमा समेत बुधलाई चिनिन्छ ।

बुधलाई बुद्धि प्रदान गर्ने देवताका रुपमा समेत लिइन्छ । बुध ग्रहको आफ्नो दिन भनेको बुधबार नै हो । बुध कन्या र मिथुन राशिको स्वामी पनि हो ।

बुधको पूजा गर्दा के लाभ मिल्छ ?

बुध ग्रहको पूजा गर्नाले स्वास्थ्य सम्बन्धी समस्या निवारण हुने शास्त्रले बताउँछ । बुधको पूजाले सफलता मिल्छ । जीवनमा आइलाग्ने विभिन्न बाधा अड्चन निवारण हुने विश्वास गरिन्छ । जो विद्यार्थी पढाइमा कमजोर छ, उसका लागि बुध ग्रहको पूजा महत्वपूर्ण र फलदायी मानिन्छ ।

बुधको पूजा बारे जानकारी
बुधको पूजा गर्नका लागि एकाग्र तथा एक चित्त भई मन्त्र जप गर्नुहस् । बुध पूजा मन्त्र-

ॐ बुं बुधाय नमः
ऊँ ऎं स्त्रीं श्रीं बुधाय नमस्

यो मन्त्र स्वयं जप गर्नुहोस् अथवा कुनै कर्मनिष्ठ ब्राह्मणबाट गराए पनि हुन्छ ।

बुधलाई पौराणिक शास्त्रमा चन्द्रमाको पुत्र मानिन्छ । शास्त्रमा बुध ग्रहको दोष निवारणका लागि मातादुर्गाको पूजा गर्नुपर्ने समेत उल्लेख पाइन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ३८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको