सीके राउतसँगको सम्झौता राष्ट्रघाति, राउतलाई पक्राउ गर्नुपर्छ : देउवा « Khabarhub

सीके राउतसँगको सम्झौता राष्ट्रघाति, राउतलाई पक्राउ गर्नुपर्छ : देउवा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति रहेको बताएका छन् ।

आज (मंगलबार) पोखरा पुगेका उनले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए ।

सहमतिको हस्ताक्षरकर्ता राउतले नै जनमत संग्रह गर्न सरकार तयार रहेको भन्दै सार्वजनिक रुपमा भन्दै हिँडेको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले सरकारले सीके राउत मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने भन्दै लागिरहेको भन्दै राष्ट्रघाति कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे ।

सरकारको एक वर्षको काम पनि निराशाजनक भएको भन्दै उनले सरकार संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए ।

केपि ओली नेतृत्वको सरकारले गरेका नकारात्मक कार्यविरुद्ध कांग्रेस देशव्यापि रुपमा सशक्त आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ४५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी