सीके राउतसँगको सम्झौता राष्ट्रघाति, राउतलाई पक्राउ गर्नुपर्छ : देउवा | Khabarhub Khabarhub

सीके राउतसँगको सम्झौता राष्ट्रघाति, राउतलाई पक्राउ गर्नुपर्छ : देउवा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति रहेको बताएका छन् ।

आज (मंगलबार) पोखरा पुगेका उनले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए ।

सहमतिको हस्ताक्षरकर्ता राउतले नै जनमत संग्रह गर्न सरकार तयार रहेको भन्दै सार्वजनिक रुपमा भन्दै हिँडेको बताए ।

पूर्व प्रधानमन्त्री देउवाले सरकारले सीके राउत मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने भन्दै लागिरहेको भन्दै राष्ट्रघाति कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे ।

सरकारको एक वर्षको काम पनि निराशाजनक भएको भन्दै उनले सरकार संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए ।

केपि ओली नेतृत्वको सरकारले गरेका नकारात्मक कार्यविरुद्ध कांग्रेस देशव्यापि रुपमा सशक्त आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ४५ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन