आर्थिक उन्नति मात्र विकास होइन | Khabarhub Khabarhub

आर्थिक उन्नति मात्र विकास होइन



हुन त समग्र मानव समाजको इतिहासलाई नै विकल्पको खोजीको इतिहास भने पनि हुन्छ ।

बिगतदेखि अहिलेसम्मको मानव समाजको विकासको इतिहाले यो कुरा छर्लङ्ग पार्दै आएको र पारिरहेको कुरा हो ।

प्रष्ट छ–मनिसले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । यस क्रममा वास्तबमा जुन विकल्पहरु मानव समाजका लागि उपयोगी हुन्छन् ती अपनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन् ढिलो चाँडो ती परिवर्तन हुन्छन् या छोडिन्छन् ।

बस्तुतः अबलम्बन गरिएका विकल्पहरुको पनि सान्दर्भिकता सकिए पछि या त ती बद्लिदो आवश्यकता अनुरुप परिमार्जित हुन्छन् र केही थप समय चल्छन् या तिनको पनि अन्त्य हुन्छ ।

यही क्रम नै आजसम्मको मानव समाजमा निरन्तर चलिरहेको क्रम हो । मानव समाजलाई सर्सरी हेर्दा पनि यो सबैले देख्दै भोग्दै र यस परिवर्तनमा सामेल हुदै आएको अनुभव सिद्ध कुरा नै हो ।

वास्तवमा मानिसले, मानव समाजले अनेकौ राजनीतिक पद्धतिलाई परिवर्तन गरे । कयौ सामाजिक अन्ध मान्यता र रुढीवादलाई पन्छाए ।

कयौ नयाँ परम्पराहरुको विकास गरे र तिनमा पनि अझ थप नयाँ कुराहरु जोड्दै गए । हामीले उत्पादन पद्धतिका हिसावले हेर्‍यौं भने कति ठूलो र अर्पूव परिवर्तन आएको सहजै देख्न बुझ्न र अनुभव गर्न सकिन्छ ।

यसका अनेक चरण र उपचरणहरु रहेका भए पनि सर्सरी मोटामोटीरुपमा हेर्दा आदिम उत्पादन पद्धति, सामन्ती उत्पादन पद्धति हुँदै आज विश्व पूँजीवादी उत्पादन पद्धतिसम्म विश्व आइरहेको र आइसकेको छ ।

अहिले विश्वब्यापीरुपमा चलिरहेको संर्घष नै वास्तवमा पूँजीवादी उत्पादन पद्धति र सामाजिक उत्पादन पद्धतिका बिचको संघर्ष हो भन्ने प्रष्ट देखिन्छ ।

यो पूँजीवादी उत्पादन पद्धति जति सबलताकासाथ स्थापित भएको छ, त्यसलाई परिवर्तन गर्ने सामाजिक उत्पादनका शक्तिहरु पनि लागे पुगेसम्म जोडबल लगाइरहेका छन् ।

त्यो प्रयत्नलाई कमजोर तुल्याउन र आफुलाई बचाउनका लागि पूँजीवादले सबै किसिमका प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुसँग सम्झौता र साँठगाँठ गरिसकेको र गरिरहेको छ ।

यो आजको विश्व पूँजीवादको आम चरित्र नै बनिसकेको छ । विकासको यस प्रकारको द्वन्द्वलाई सही किसिमले बुझ्दै र यसलाई सही र अग्रगामी बाटोमा कसरी लैजान सकिन्छ भन्ने यथार्थलाई पहिल्याउँदै अघि बढ्न सकेमा मात्र मानव समाजले विकासको सही बाटो प्राप्त गर्न सहज हुन्छ ।

मानव समाज संर्घषको इतिहास नै भन्ने हो भने मूलतः यही बिषमता हटाउने संघर्षको इतिहास हो । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरुको एकाधिकारका कारण यो बिषमता या असमानता बिरोधी संर्घषले अहिलेसम्म आधारभूतरुपमा समानताको सपना साकार तुल्याउन सकिरहेको छैन ।

अन्यथा विकास एउटा भावनात्मक नाराहरुको तेज धारामा बगेर जाने कुरा नै सामान्य रुपमा भइरहेको हुन्छ र हुँदै आएको कुरा हामी देख्दछौं ।

यहाँ के कुरामा एकदमै प्रष्ट हुनु पर्दछ भने विकास भनेको केवल आर्थिक विकास या समृद्धि मात्रै होइन । यसले मात्र मानिसलाई मनुष्यताको गरीमा प्रदान गर्नेछ भन्ने कुरा निश्चित छैन ।

यसको स्पष्ट अर्थ के हो भने आर्थिक विकास मानवीय गरीमाको कुनै प्रत्याभूति होइन । किनभने आजसम्म देखिदै र अनभुव गरिदै आएको यथार्थ हो कि एकपक्षीय आर्थिक विकासका कारण सामाजको बहुसंख्यक बर्ग विकासको पहुँचबाट बञ्चित रहन जान्छ ।

आम मानिस त्यस कारणले गर्दा मनुष्यको गरीमार्पूण जीवनबाट टाढै रहन पुग्दछ । त्यसैले सामाजिक समानताका लागि आर्थिक असमानता मेटिनुपर्ने कुरा विश्वब्यापीरुपमा उठेर आएको आधारभूत महत्वको कुरा हो ।

त्यसले सामाजिक समानता कायम गर्न आधारभूमि तयार गर्दछ र गर्नु पर्दछ भनिएको हो । वास्तवमा सामाजिक असमानताका बिरुद्ध निरन्तर संघर्ष चल्दै आएको कारण नै यही हो ।

मानव समाज संर्घषको इतिहास नै भन्ने हो भने मूलतः यही बिषमता हटाउने संघर्षको इतिहास हो । तर उत्पादनका साधनहरुमाथि हैकम जमाउने शक्तिहरुको एकाधिकारका कारण यो बिषमता या असमानता बिरोधी संर्घषले अहिलेसम्म आधारभूतरुपमा समानताको सपना साकार तुल्याउन सकिरहेको छैन ।

त्यसमा पनि अझै थप आज त पूँजीवादी अत्याधुनिक कर्पोरेट आर्थिक विकासको बाटोका कारण सामाजिक कल्याण र सरोकारको बिषयहरु नै ओझेलमा पर्दै गएको या परिसकेका छन् ।

उदाहरणका लागि भन्नुपर्दा बस्तुतः खाद्य सुरक्षाको नीति कर्पोरेट पूँजीवादी पद्धतिका लागि एकदमै अमान्य र अस्वीकार्य कुरा हो । यसका अतिरिक्त बिपन्न बर्गलाई दिइने अनुदानलाई पनि यस पद्धतिले मन पराउँदैन र यसले या त घटाउँछ या पूरै कटाउँदछ ।

बहुसंख्यक बिपन्न बर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । बिज्ञान र प्रबिधिको अत्याधुनिक विकासका उपलब्धीहरु उनीहरुले उपयोग गर्नसक्ने अनुकूल र उचित मानवीय वातावरण बनाइनु सर्बोपरी र अत्यावश्यक छ ।

यस क्रममा यसले त मजदुरहरुको अधिकार सुरक्षित राख्ने खालका श्रम कानूनहरुलाई नै बदल्न चाहन्छ र ‘हायर एण्ड फायर’ गर्ने नीति अबलम्बन गरेर श्रमिकहरुलाई जतिबेला पनि कामबाट निष्काशन गर्न सक्ने खुल्ला र अमानवीय स्थिति सिर्जना गर्छ या गर्न चाहन्छ ।

यसरी पूँजीवादको पकडमा उत्पादन पद्धतिलाई राख्ने र चलाउने कसरतमा सरकार बदल्ने, सत्ता बदल्ने र सामाजिक संघ–संस्था बदल्ने या तिनको विकल्प खोज्ने प्रकृया निरन्तर चलिरहेको हुन्छ, चलाइदै आएको छ र चल्छ ।

बेला बेला हुने गरेका या गराइने गरेका चुनावहरु पनि यसै परिधिभित्र हुने गरेका छन् र हुन्छन् । यस्तो अबस्थामा राजनीतिक परिवर्तनपछि पनि जनताको हालत उस्तै यथास्थितिको अबस्थामा रहनु या अझ खस्किएर अधोगतितिर जानु अस्वाभाविक हुदैन ।

किनकि कर्पोरेट शक्तिलाई मानेर चल्दा बिपन्न, बञ्चित, बिषमतामा परेका बहुसंख्य जनता टाढै छुट्छन् । त्यसैले स्थानीय, प्रान्तीय या राष्ट्रिय कुनै पनि स्तरको चुनावको बेला चकाचौध र तिरिमिरी लाग्ने विकासका भावनात्मक नाराहरुको ठूलो होडबाजी नै चल्छ, चलाइन्छ र त्यस्तै नारा जनतालाई देखाएर मतलिने काम हुँदै आएको छ र भइरहन्छ ।

यथार्थतः त्यस्ता निर्वाचनहरुले बिषमता झेलिरहेका बिपन्न बर्गका बहुसंख्यक जनताका समस्या हल हुने वातावरण फेरि पनि बन्दैन । त्यसले त कर्पोरेट जगतको जठराग्नि (पेटको भोक)लाई मात्र शान्त पार्दछ । त्यसभन्दा बढी अरु केही हुँदैन । आजसम्मको यथार्थ यही नै हो ।

यसबाट के स्पष्ट हुन्छ भने बहुसँख्यक बिपन्न जनताका लागि आधारभूत अर्थ–राजनीतिक आमूल परिवर्तन अवश्यम्भावी छ । यस्तो ठोस जगबिनाको सतही र उपरी परिवर्तनले मात्र उत्पादनमा लाग्ने तर उत्पादनका साधनहरुबाट बञ्चित रहने आधारभूत बर्गले झेलिरहेको बिपन्नता, बेरोजगारी, विकासबिहीनता र त्यसबाट निरन्तर सिर्जित बिषमताबाट मुक्त हुने स्थिति बन्दैन ।

त्यसैले बहुसंख्यक बिपन्न बर्ग र समुदायको हातमा मोबाइल, ल्यापटप, आइप्याड थमाइदिएर मात्र पुग्दैन । बिज्ञान र प्रबिधिको अत्याधुनिक विकासका उपलब्धीहरु उनीहरुले उपयोग गर्नसक्ने अनुकूल र उचित मानवीय वातावरण बनाइनु सर्बोपरी र अत्यावश्यक छ ।

त्यसको निमित्त देशले आज विकल्पको खोजी गर्नु नै पर्दछ । त्यो जनताको जीवन स्तर, मानवीय गरीमा र गौरबसँग गासिएको आधारभूत विकल्पको खोजी हो ।

टालटुले कुरा गरेर जनता अल्मल्याउने विकल्प त त्यो होला । त्यो आम जनता बिषमता, बेरोगारी र बिभेदमा परिरहने खालको विकासको बाटो हो ।

त्यसैले देशको साच्चो अर्थमा समुन्नति चाहने कोही पनि आफुलाई प्रगतिशील, बामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुले गम्भीर रुपमा सोच्नु पर्ने कुरा नै आज यही हो ।

अन्यथा मुलुकले अग्रगामी कोल्टे फेर्ने कुराको कुनै आधार बन्दैन या बिकसित हुँदैन । अन्ततः त्यो गलत बाटोमा नै फस्न पुग्दछ । अहिलेसम्मको अनुभव र यथार्थ यही नै हो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ५२ बजे

केराखेतीबाट वार्षिक १० लाख आम्दानी

दोधारा चाँदनी – जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप राना सफल

किम्बुका बिरुवाको माग घट्यो

चितवन – किम्बु नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास

आजका समाचार : कांग्रेसले बीआरआईमा ऋण नस्वीकार्ने, विप्लवले समाजवाद स्थापना गर्न क्रान्ति जारी राख्ने र रोकिएन गाजामा इजरायली हमला 

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवं

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

किमाथाङ्का – सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक