शिव पुराणका अनुसार एक पटक देवी पार्वती महादेवलाई पतिका रुपमा पाउन भनि घोर तपस्यामा थिइन् ।
उनको तपस्याको तेज यतिधेरै थियो कि देवलोकमा बसेका देवताको समेत सिंहासन डगमगाएको थियो । जसका कारण देवता भयभीत भए । यसरी देवलोक सिंहासन डगमगाएपछि सम्पूर्ण देवता यस समस्याको समाधान खोज्न तर्फ लागे । तर समुन्द्र देव भने देवी पार्वतीको रुप देखि मोहित भए ।
केही समयपछि देवी पावर्तीको तपस्या पूर्ण भयो । तब समुन्द्रदेवले पार्वती समक्ष विवाहको प्रस्ताव राखे । तर देवी पार्वती विना क्रोधमा आई आफू महादेवसंग प्रेम गर्ने भन्दै उनैसित विवाह गर्ने र उनैलाई आफ्नो पति परमेश्वर मानिसकेको बताइन् ।
यो सुनेर समुन्द्र देव क्रोधित बने । उनले महादेवका बारेमा नराम्रो वचन बोले । उनले क्रोधमा भष्मधारी, आदिवासी महादेवसँग त्यस्तो के छ जो मसंग छैन भनी पार्वतीलाई प्रति प्रश्न गरे ? समुन्द्रले आफू सबै प्राणिको तिर्खा मेटाउने र आफ्नो चरित्र दूध जतिकै पवित्र रहेको बताउँदै पुनः विवाहको प्रस्ताव राखे ।
महादेव पति पाउ भनि तपस्यारत पावर्तीलाई समुन्द्र देवको यो प्रस्तावले चोट पु¥यायो । उनले आफूले पति ठानेका महादेवको तिरस्कार सहन सकिनन् र क्रोधमा आई समुन्द्र देवलाई श्राप दिइन् ।
उनले समुन्द्रलाई जुन पानीको मिठासका कारण तिमिमा यो घमण्ड आएको छ, त्यो नाश होस् र पानी नुनीलो होस् भन्ने श्राप दिइन् । देवी पार्वतीको श्रापद्वारा समुद्रको जल नुनीलो स्वादमा परिणत भयो ।
अर्काे एक पौराणिक कथाका अनुसार समुन्द्र मन्थनको प्रभावले पनि समुन्द्रको पानी नुनीलो भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया