मलेसियामा रोजगारदाता कम्पनी तलब नदिए श्रम विभाग उजुरी गर्न आग्रह « Khabarhub

मलेसियामा रोजगारदाता कम्पनी तलब नदिए श्रम विभाग उजुरी गर्न आग्रह


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका रोजगारदाता कम्पनीले सम्झौता अनुसार तलव सुविधा नदिए त्यहाँको श्रम विभागमा उजुरी गर्न मिल्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी श्रमिकलाई सम्झौताअनुसार तलब नपाए श्रम विभागमा उजुरी गर्ने विदेशी श्रमिकलाई आग्रह गरेको छ ।

मलेसियाको रोजगार ऐन १९५५ अनुसार देश विदेशका श्रमिकको मासिक तलब बृद्धि गरेको छ ।

जनवरीदेखि मलेसियामा कार्यरत सबै श्रमिकको मासिक तलब १२ सय रिंग्रेट तोकिएको छ ।

मलेसियाका रोजगारदाता कम्पनीले तोकेअनुसारको तलब रोजगारदाता कम्पनीले नदिए श्रम विभागमा सिधै उजुरी गर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै गरी मलेसियाको श्रम विभागले स्वीकृति गरेपछि मात्र डिमाण्ड स्रोत देश पाउने व्यवस्था पनि यही वर्षदेखि गरिएको छ । स्वदेशी विदेशी श्रमिकका हकमा कल्याण र सामाजिक सुरक्षाको पनि यही वर्षदेखि व्यवस्था गरिएको छ । मलेसियामा सुरक्षागार्डले धैरै काम गरेपनि तलब कम पाउने गरेका छन् ।

मलेसियामा नेपाली सुरक्षागार्डले हप्तामा सातै दिन १२ घण्टा काम गर्दापनि १७ सय रिंगेटमात्र पाएको उल्लेख छ । उनीहरुलाई विदाको पनि हुँदैन । यो समस्याका बारेमा विभाग गम्भीर भएको पनि जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ०६ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको