पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने | Khabarhub Khabarhub

पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मौलापुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम् शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले महायज्ञ बारे जानकारी गराएको हो ।

ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्य रहने नगरपालिकाले जानकारी गराएको हो ।

फागुन ५ गते महायज्ञ शुभारम्भ र शिवलिला प्रदर्शन एवम फागुन ६ गते पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्र उच्चारण एवम राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली तथा विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना हुनुका साथै भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बताइन् ।

उनले भनिन्, “पुरातात्त्विक महादेव मन्दिर एउटा ऐतिहासिक मन्दिर हो । १२०० वर्ष पुरानो यो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने हाम्रो विश्वास छ । मन्दिर संरक्षणका लागि हामी दिनरात खटिएका हौं तर त्यति मात्रले पुग्दैन ।

यसको प्रचार गर्नु पनि त्यतिकै जरुरी छ । त्यसैले हामी मधानी महायज्ञ आयोजना गर्न लागेका हौँ । यसले भ्रमण वर्षमा महत्वपूर्ण योगदान पुर्याउने छ ।”

देशको थप नयाँ सय गन्तव्यमा छनोट भएको उक्त मन्दिरमा हुने मधानी महायज्ञमा भगवान शिवको विशेष मौलिक अनुष्ठान गरिनेछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : ३२ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका