प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित | Khabarhub Khabarhub

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा— प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ ।

आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो ।

आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ मत र हुन्न भन्ने पक्षमा तीन मत परेको छ ।

‘तत्काल कायम रहेको संख्याको दुई तिहाइ रहेकोले दुई तिहाइ बहुमतले  पारित भएको प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय घोषणा गर्दछु’ सभामुख सानुकुमार श्रेष्ठले बैठकमा निर्णय सुनाउँदै भने ।

यसअघि काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । साझा र विवेकशील दलका सांसदले काभ्रेको धुलिखेल प्रदेशको राजधानी बनाउन प्रस्ताव पेश गरेका थिए । तर उक्त प्रस्तावको पक्षमा तीन मत मात्र परेको छ ।

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय यसअघि सत्तारुढ दल नेकपाको सचिवायल बैठकले निर्णय गरेको थियो भने नेकपाको प्रदेश तीन संसदीय दलले समेत सोही निर्णय गरेको थियो । नेकपाका नेताहरुमै रहेको असन्तुष्टिका माझ प्रदेश नम्बर ३ को केन्द्र हेटौंडा बनाउने निर्णय भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : २२ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते