इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा बेलायती राजदूत पक्राउ | Khabarhub Khabarhub

इरानमा भएको सरकार विरुद्धको प्रदर्शनमा बेलायती राजदूत पक्राउ


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत–युक्रेनी यात्रुवाहक विमानलाई “भुलवश” खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि बेलायती राजदूत पक्राउ परेका छन् ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले “अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन” भनेको बीबीसीले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएका थिए ।

पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए ।

वेलायती विदेशमन्त्री डोमिनिक राबले एउटा वक्तव्यमा भनेका छन्, “तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन हो।”

तस्निम समाचारसंस्थाले बेलायती राजदूतलाई पक्राउ गरिएको समाचार सार्वजनिक गरेपछि इरानको एतिमाद पत्रिकाले राजदूत मकेयरको एउटा तस्वीर ट्विटरमा पोस्ट गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार मकेयरमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ .

शनिवार इरानी अधिकारीहरूले युक्रेनी यात्रुवाहक विमानमा “मानवीय त्रुटि” का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए । त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए ।

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३० बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि