राष्ट्रिय एकताको रथ भनेकै ‘पृथ्वी पथ’ होः राप्रपा संयुक्त | Khabarhub Khabarhub

राष्ट्रिय एकताको रथ भनेकै ‘पृथ्वी पथ’ होः राप्रपा संयुक्त


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ ।

पृथ्वीनारायण शाहलाई महापुरुष स्वीकार गर्दै राप्रपा (संयुक्त) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको हो ।

राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले भने, ‘गोरखा जस्तो सानो देशबाट आरम्भ भएको एकीकरणको अभियान सानो दुखले सम्पन्न भएको होइन । पृथ्वीनारायण शाह नभएको भए हामी नेपाली भएर गर्वसाथ बाँच्न पाउने थिएनौं । यसकारण पृथ्वीनारायण शाहको योगदानलाई हामी सबैले कदर गर्नुपर्दछ । सरकारले पनि राष्ट्र निर्माताको सम्मानमा कुनै कन्जुस्याई गर्नु हुन्न ।’

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा संयुक्तले पृथ्वी नारायण शाहको सिंहदरबारस्थित सालिकमा आइतबार माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो ।

सोही अवसरमा संचाकर्मीहरुसँग कुराकानी गर्दै राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने, ‘राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनका बारेमा पृथ्वीनारायण शाहका विचार र वाणीहरु आज झनै सान्दर्भिक छन् । घुस लिने र दिने दुबै अपराधी हुन् भन्ने मान्यता मात्र हामीले राष्ट्रिय जीवनमा अनुसरण गर्न सके अहिलेको लुटतन्त्र नियन्त्रण हुने थियो, नेपालमा विकास र समृद्धि प्राप्त हुने थियो ।’

राप्रपा (संयुक्त) ले भद्रकालीबाट बाजागाजा सहितको जलुस गर्दै पृथ्वीनारायण शाहको सालिकमा पुगी माल्यार्पण गरेको थियो । सो पार्टीले नेपाल र नेपालीको एकमात्र दुरदर्शी एकताका सुत्रधार पृथ्वीनारायण शाह भएको भन्दै राष्ट्रिय एकताको रथ भनेको नै ‘पृथ्वी पथ’ भन्ने मूलमन्त्र अघि सारेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : ३४ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना