देउवा, पौडेल र सिटौलाबीच दुई घन्टा लामो छलफल, समस्या समाधान गर्ने निर्णय | Khabarhub Khabarhub

देउवा, पौडेल र सिटौलाबीच दुई घन्टा लामो छलफल, समस्या समाधान गर्ने निर्णय


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो ।

आइतवार(हिजो) साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको छलफलपछि पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति जुटेको छ ।

देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति, वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीचको छलफलले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरे ।

बूढानिलकण्ठमा आइतवार साँझदेखि शुरु भएको छलफल दुई घन्टा भन्दा लामो समय चलेको थियो । बैठकले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसमा विगत केही महिनादेखिको विवाद उग्रबन्दै गएको थियो ।

पार्टी सभापति देउवाले बहुमतको आधारमा पेलेर अघि बढेको र आफू अनुकुल निर्णय गर्दै अघि बढेको आरोप वरिष्ठ नेता पौडेल र सिटौला पक्षले लगाउँदै आएको छ ।

पुस ११ गते असन्तुष्ट पक्षका नेताहरु उनुपस्थित केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि गर्ने, पार्टीमा रहेका विभागको संख्या बढाएर ४७ पुर्या‍उने, तरुण दलको म्याद थप गर्ने लगायतका निर्णय गरेपछि समस्या थप बढेको थियो ।

बहुमतका आधारमा निर्णयहरु गरेपछि असन्तुष्ट पक्षले बैठक राखेर निर्णयहरु सच्याउन देउवालाई चेतावनी दिएका थिए त्यसयता सभापति देउवा र वरिष्ठ नेताबीच वार्ताको अवस्था अवरुद्ध भएको थियो ।

सभापति देउवालाई दवाव दिनका लागि भन्दै पौडेल सिटौला पक्षले आफूहरु निकट जिल्ला सभापतिहरुलाई पार्टी कार्यालय सानेपा बोलाएर भेलासमेत गरेका थिए ।

४५ जिल्लाका जिल्ला सभापतिहरु उपस्थित रहेको दाबी गरिएको भेलाले केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सच्याउन, पार्टीलाई सहमतिमै सञ्चालन गर्न र भागवण्डाको राजनीति बन्द गर्नुपर्ने लगायतका निर्णय गरेको थियो ।

भेलापछि जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले बूढानिलकण्ठमै बोलाएर समेत कुराकानी गरेका थिए । त्यसक्रममा उनले पार्टी निर्णयहरुबारे पुनर्विचार गर्न सकिने तर महाधिवेशनको कार्यतालिका तलमाथि गर्न नमिल्ने बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ५४ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना