ओलम्पिक पदक विजेता इरानी खेलाडीले गरिन् देश छोड्ने घोषणा | Khabarhub Khabarhub

ओलम्पिक पदक विजेता इरानी खेलाडीले गरिन् देश छोड्ने घोषणा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ओलम्पिक पदकधारी खेलाडी किमिया अलिजादेहले इरान छाड्ने घोषणा गरेकी छन् ।

२०१६ को रियो ओलम्पिकमा तेक्वान्दो खेलमा इरानलाई कास्य पदक जिताएकी अलिजादेहले इरान छाड्ने घोषणा सामाजिक सञ्जाल मार्फत् गरेकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आफूले ‘ढोङ्गी, झुटो, अन्याय र चापलुसी’ सहन नसक्ने लेखेकी छन् । उनले आफू पनि लाखौं इरानी उत्पीडित महिलाहरु मध्येको एक रहेको उल्लेख गरेकी छन् ।

देश छाडेको घोषणा गरेकी उनले आफू कहाँ छन् भन्ने भने उल्लेख गरेकि छैनन् । तर, उनी नेदरल्याण्ड्समा अभ्यासका क्रममा रहेकी जनाइएको छ ।

उनले २०१६ मा इरानका लागि कास्य पदक जित्ने पहिलो इरानी महिला खेलाडीको इतिहास रचेकी थिइन् ।

आफ्ना अफिसियलले अपमान गरेको उनको आरोप छ । ‘म उत्पीडनमा रहेका ति लाखौं इरानी महिला मध्ये कि एक जसलाई उनीमाथि बर्षभरी खेल्छन्,’ किमीआले भनेकी छन्,‘मैले उनीहरुको कुरा माने जे गर्न भने । उनीहरुले भनेका हरेक बाक्य मैले दोहोर्याए । त्यसले उनीहरुलाई मतलब गरेनन् । हामी मात्रै साधन भएका छौं ।’

उनले अफिसियलले मात्रै नभइ सरकारले समेत आफ्नो खेल करियरको सफलतालाई ‘एक्सपोलइट’ गरेको आरोप लगाएकी छन् । उनले आफ्ना लागि युरोपका विभिन्न देशबाट प्रस्ताव आएको उल्लेख गरेपनि कहाँ जाने भनेर निश्चित नभएको बताएकी छन् ।

इरानको इस्ना न्युज एजेन्सीले ‘इरान तेक्वान्दोका लागि दुखद् खबर भन्दै किमीअ नेदरल्यान्ड्स सरुवा भएको उल्लखे गरेको छ । उक्त समाचार संस्थाले किमीअले २०२० ओलम्पिक खेल्ने तर, इरानी झण्डामुनी नरहने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १२ : ५५ बजे

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर – इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन