ओलम्पिक पदक विजेता इरानी खेलाडीले गरिन् देश छोड्ने घोषणा « Khabarhub

ओलम्पिक पदक विजेता इरानी खेलाडीले गरिन् देश छोड्ने घोषणा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ओलम्पिक पदकधारी खेलाडी किमिया अलिजादेहले इरान छाड्ने घोषणा गरेकी छन् ।

२०१६ को रियो ओलम्पिकमा तेक्वान्दो खेलमा इरानलाई कास्य पदक जिताएकी अलिजादेहले इरान छाड्ने घोषणा सामाजिक सञ्जाल मार्फत् गरेकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा आफूले ‘ढोङ्गी, झुटो, अन्याय र चापलुसी’ सहन नसक्ने लेखेकी छन् । उनले आफू पनि लाखौं इरानी उत्पीडित महिलाहरु मध्येको एक रहेको उल्लेख गरेकी छन् ।

देश छाडेको घोषणा गरेकी उनले आफू कहाँ छन् भन्ने भने उल्लेख गरेकि छैनन् । तर, उनी नेदरल्याण्ड्समा अभ्यासका क्रममा रहेकी जनाइएको छ ।

उनले २०१६ मा इरानका लागि कास्य पदक जित्ने पहिलो इरानी महिला खेलाडीको इतिहास रचेकी थिइन् ।

आफ्ना अफिसियलले अपमान गरेको उनको आरोप छ । ‘म उत्पीडनमा रहेका ति लाखौं इरानी महिला मध्ये कि एक जसलाई उनीमाथि बर्षभरी खेल्छन्,’ किमीआले भनेकी छन्,‘मैले उनीहरुको कुरा माने जे गर्न भने । उनीहरुले भनेका हरेक बाक्य मैले दोहोर्याए । त्यसले उनीहरुलाई मतलब गरेनन् । हामी मात्रै साधन भएका छौं ।’

उनले अफिसियलले मात्रै नभइ सरकारले समेत आफ्नो खेल करियरको सफलतालाई ‘एक्सपोलइट’ गरेको आरोप लगाएकी छन् । उनले आफ्ना लागि युरोपका विभिन्न देशबाट प्रस्ताव आएको उल्लेख गरेपनि कहाँ जाने भनेर निश्चित नभएको बताएकी छन् ।

इरानको इस्ना न्युज एजेन्सीले ‘इरान तेक्वान्दोका लागि दुखद् खबर भन्दै किमीअ नेदरल्यान्ड्स सरुवा भएको उल्लखे गरेको छ । उक्त समाचार संस्थाले किमीअले २०२० ओलम्पिक खेल्ने तर, इरानी झण्डामुनी नरहने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १२ : ५५ बजे

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको