नागरिकको हक कुण्ठित पार्ने विधेयक विरुद्ध कांग्रेस लड्छः सहमहामन्त्री महत  « Khabarhub

नागरिकको हक कुण्ठित पार्ने विधेयक विरुद्ध कांग्रेस लड्छः सहमहामन्त्री महत 


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफूहरु सधै लड्न तयार रहेको बताएका छन।

बीपी  कोइराला स्कुल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयकः नागरिक अधिकार सम्बन्धी अन्तरक्रियामा उनले सरकारले यही स्वरुपमा सूचना प्रविधि विधेक पास गर्न खोजे कांग्रेसले सदन र सडकबाटै आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

उनले सूचना प्रविधि विधेकले मानव अधिकारलाई कुन्ठित गर्ने तथा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक छिन्ने हुँदा सवै तह र तप्काबाट यसको विरोध जनाउनुपर्ने बताए ।

नागरिकको फोन ट्यापिङ गरेर दुख दिने मनसायले विधेकहरु आएको र ती विधेकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले बताए ।

नागरिकलाई दुःख दिन तथा सामाजिक संजालकर्तालाई जरिवाना र जेल सजाय गराउनका लािग जनताले नेकपालाई मत नदिएको तर्क गरे ।  उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ३० बजे

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय