नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन चयन « Khabarhub

नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन चयन


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि नयाँ भारतीय राजदूतका रुपमा विनय मोहन क्वात्रा चयन भएका छन् ।

यसअघि फ्रान्सका राजदूत रहेका क्वात्रालाई भारतले नेपालका लागि राजदूतका रुपमा पठाउन लागेको हो ।

सन् १९८८ मा उनी कूटनीतिक सेवामा प्रवेश गरेका क्वात्रा यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए। उनले सार्क सचिवालयमा सन् २००६ देखि २०१० सम्म निर्देशकको रूपमा नेपालमा बसेर काम गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किएपछि क्वात्रा नेपालको राजदूतका रुपमा आउने भएका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १२ : ११ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता