द्रूतमार्ग र निजगढ विमानस्थल बनाउन बजेट अभाव हुन्न : अर्थमन्त्री डा.खतिवडा « Khabarhub

द्रूतमार्ग र निजगढ विमानस्थल बनाउन बजेट अभाव हुन्न : अर्थमन्त्री डा.खतिवडा


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माणमा बजेट अभाव नहुने बताएका छन् ।

तीनै आयोजनाको निरीक्षणमा निस्केका मन्त्री खतिवडाले काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिँदै कुनै हालतमा पनि स्रोतको अभाव नहुने बताए ।

मन्त्री खतिवडाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने प्रतिवद्धता जनाए ।

बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–निजगढ द्रुतमार्ग तथा धनुषामा रेलमार्ग निर्माणाधीन छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना