हमला गर्न खोजे चीनलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति « Khabarhub

हमला गर्न खोजे चीनलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले “वास्तविकताको सामना गर्न” तथा “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन्

बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ । उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ ।

राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताइन् । निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले भनिन्, “हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन।”

“हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ,”उनले थपिन्। यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले “एक चीन” नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो।

उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए।

उनीहरूले ताइवानलाई बृहत्तर चीनको एउटा हिस्साका रूपमा हेर्दै आएका छन्।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ४७ बजे

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान – इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले