हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा « Khabarhub

हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए ।

उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ?’

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केही बेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए- ‘म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैन, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो-अविचलित हिम्मत । जीवनमा हिम्मत नहारी आफ्नो लक्ष्यमा लागिपरेको हुनाले नै आज म यहाँ छु ।

जतिखेर म सानो थिएँ, त्यतिवेला मेरा स्कुले साथीले मलाई बुद्धु भनेर गिज्याउँथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन नसक्दा मलाई उनीहरू गोबरगणेश भन्थे । शिक्षकका प्रश्नको जवाफ दिन नसक्दा म बारम्बार बेन्चमाथि उभिन बाध्य हुन्थेँ । सबैले मेरो उपहास गर्थे ।

गणितका शिक्षकले मलाई पटक–पटक भनेका थिए- ‘तिमीले यो जुनीमा गणित सिक्न सक्दैनौ । त्यतिखेर म मनमनै खुब रुन्थेँ । आफूलाई बुद्धु बनाएकोमा भगवानसँग खुब रिसाउँथेँ । म चारैतिर निराशासिवाय केही देख्दिनथेँ । तर, ममा एक प्रकारको अनौठो भोक थियो । त्यो भोक शान्त पार्न म कहिल्यै हिम्मत नहारिकन निरन्तर कर्ममा जुटिरहेँ । परिणाम तपाईंहरूसामु छ ।’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : २० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना