आधुनिक प्रविधिबाट कृषिमा समृद्धि खोजिने « Khabarhub

आधुनिक प्रविधिबाट कृषिमा समृद्धि खोजिने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग गरिने बताएका छन् ।

नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुने बताए ।

प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गरे। कार्यदलका संयोजक डा रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के–कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यक्ताको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए । एकदिने अन्तरक्रिया कार्यक्रममा प्रदेश स्थानीय निकायका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : ०१ बजे

चन्द्रगढी विमानस्थलमा उत्रिँदै ओलीले भने : यस पटक झापा सूर्यमय हुन्छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय

राष्ट्रियसभामा उठ्यो फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ताको विषय

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका

दैनिक प्रयोग गर्ने टुथपेष्टमा सिसा भेटिनु गम्भीर चिन्ताको विषय : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्त मञ्जन, लिपस्टिक,

बालेनको कार्यालय तोडफोड भन्दै एआईको दुरूपयोग, कारबाही गर्ने झापा प्रशासनको चेतावनी

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाउने

टाटा टियागो इभी अब २४.९९ लाखमै

काठमाडौं–  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले