द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल « Khabarhub

द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्‍याउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

नेपालमा भएको १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा मारिएका, बेपत्ता भएका तथा अंगभंग भएका व्यक्तिलाई न्याय दिन र त्यससँग सम्बन्धित मुद्धा टुंग्याउन प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा, अर्का पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच छलफल भएको हो ।

शीर्ष तीन नेताबीचको छलफलमा द्वन्द्वकालीन घटनाका विषय टुंग्याउने गरी सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको हो ।

१० वर्षे द्वन्द्वकालका बेला भएका घटनामा तत्कालीन बिद्रोहीको नेतृत्व गरेका पुष्पकमल दाहाल, सरकारमा रहेका शेरबहादुर देउवा तथा नेपाली कांग्रेस नेतृत्व, सुरक्षा निकाय तथा प्रशासन घटनाको जिम्मेवार हुनुपर्ने माग उठ्ने गरेको छ ।

द्वन्द्व पीडितले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै गर्दा सरकारले यी विषय टुंग्याउने गृहकार्यमा लागेको हो ।

सत्यनिरुपण तथा बेपत्ता आयोगका लागि सरकारले विधेयक ल्याएपनि अध्यक्ष को नियुक्ति हुने भन्ने टुंगो लागेको छैन् । दलहरुबीच नै कुरा नमिल्दा आयोगको नेतृत्व कसले पाउने भन्ने टुंगोमा पुग्न सकेको छैन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ११ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५