द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल | Khabarhub Khabarhub

द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्‍याउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

नेपालमा भएको १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा मारिएका, बेपत्ता भएका तथा अंगभंग भएका व्यक्तिलाई न्याय दिन र त्यससँग सम्बन्धित मुद्धा टुंग्याउन प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा, अर्का पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरबीच छलफल भएको हो ।

शीर्ष तीन नेताबीचको छलफलमा द्वन्द्वकालीन घटनाका विषय टुंग्याउने गरी सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको हो ।

१० वर्षे द्वन्द्वकालका बेला भएका घटनामा तत्कालीन बिद्रोहीको नेतृत्व गरेका पुष्पकमल दाहाल, सरकारमा रहेका शेरबहादुर देउवा तथा नेपाली कांग्रेस नेतृत्व, सुरक्षा निकाय तथा प्रशासन घटनाको जिम्मेवार हुनुपर्ने माग उठ्ने गरेको छ ।

द्वन्द्व पीडितले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै गर्दा सरकारले यी विषय टुंग्याउने गृहकार्यमा लागेको हो ।

सत्यनिरुपण तथा बेपत्ता आयोगका लागि सरकारले विधेयक ल्याएपनि अध्यक्ष को नियुक्ति हुने भन्ने टुंगो लागेको छैन् । दलहरुबीच नै कुरा नमिल्दा आयोगको नेतृत्व कसले पाउने भन्ने टुंगोमा पुग्न सकेको छैन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ११ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते