बिजनेशमा घाटा लागेपछि ६ महिना र २ वर्षका छोरासहित परिवारनै नदीमा हामफाल्ने निर्णय ! « Khabarhub

बिजनेशमा घाटा लागेपछि ६ महिना र २ वर्षका छोरासहित परिवारनै नदीमा हामफाल्ने निर्णय !


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीवार त्रिशुली नदीमा रहेको झोलुङ्गे पुलबाट पति पत्नी दुई छोराहरुसहित त्रिशुली नदिमा हाम फाले ।

हाम फालेका मध्ये पतिको जीवितै उद्दार गरिएको छ भने पत्नीको शव फेला परेको छ । तर ६ महिना र २ वर्षका दुई बालकहरु भने फेला पर्न सकेका छैनन् ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेपछि उनीहरुको अप्रिय निर्णयबारे सर्वत्र चासो व्यक्त गरिएको छ । आखिर अवोध छोराहरुसहित किन ज्यान नै खेर फल्ने निर्णयमा पुगे लामिछाने दम्पत्ति ?

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सकुसल उद्दार गरिएका विनय यतिवेला इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको र घटनाबारे उनीसँग सोधपुछको क्रम जारी रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा उनले कमोडिटी अनलाइन बिजेनेशमा १ करोड भन्दा धेरैको घाटा व्यहोरेपछि यस्तो अप्रिय निर्णयमा पुगेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्दार गरिएका विनयको थानकोटस्थित कोठाबाट सुसाइड नोटसमेत फेला परेको छ । यसबारेमा थानकोट प्रहरीसँग सम्वन्य गरिरहेको धादिङ प्रहरीले जनाएको छ ।

एसपी रेग्मीका अनुसार सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरेका छन् । तर यो प्रारम्भिक जानकारी भएको र यसको पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।

६ महिना र २ वर्षका दुई छोरासहित बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका थिए । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका मध्ये पति विनय लामिछानेको जीवितै उद्धार गरिएको थियो भने उनकी पत्नी जमुना रेग्मी लामिछाने मृत अवस्थामा फेला परेकी थिइन् ।

हराइरहेका दुई जना बालकको भने खोजी भइरहेको छ । त्रिशुली नदीमा हाम फालेका मध्ये दुई छोराको अवस्था भने अज्ञात रहेको धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।

पानी परिरहेको र पानी धमिलो पनि रहेका कारण हराइरहेका दुई जनाको खोजीमा समस्या भएको उनको भनाइ छ । तर पानी हिउँदको समय भएका कारण पानी धेरै ठूलो नभएका कारण हराएका दुई बालक फेला पर्ने उनको भनाइ थियो ।

विनय परिवारसहित ससुराली पुगेर जानका लागि काठमाडौंबाट गएका थिए । उनीहरु गाडी गुड्ने पक्की पुलको सट्टा झोलुङ्गे पुलबाट फर्कंदै थिए । घटना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा रहेको छ । जहाँबाट उनीहरु नदीमा हाम फाले ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ११ : ४७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट