राजकुमार ह्यारी र मेगनको शाही उपाधि समाप्त « Khabarhub

राजकुमार ह्यारी र मेगनको शाही उपाधि समाप्त


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने भएका छन् ।

बकिङघम दरबारबाट जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरिएको हो ।

ह्यारी र मेगनकै चाहनाअनुसार बकिङघम दरबारले उनीहरुलाई राजपरिवारको सदस्यका रुपमा पाइने जिम्मेवारीबाट ‘मुक्त’ गरेको हो ।

ह्यारी र मेगनले हालै मात्रै राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने तथा बेलायत र उत्तर अमेरिकामा ‘निजी जीवन’ व्यतित गर्ने घोषणा गरेका थिए ।

बेलयातकी महारानी एलिजाबेथले एउटा छलफल पछि ह्यारी र मेगनको राजपरिवारको सदस्यका रुपमा प्राप्त जिम्मेवारी परित्याग गर्ने घोषणामा सहमति जनाएकी हुन् ।

बकिङघम दरबारका अनुसार ह्यारी र मेगनको शाही पदसँगै उनीहरुले पाउने सैन्य पद पनि हट्ने जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ०९ बजे

युद्धविराम लम्बिँदैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने प्रष्ट पारेका

इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा

काठमाडौं- अमेरिकी नौसेनाले इरानको अर्को पानीजहाज नियन्त्रणमा लिएको छ ।

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले यूएईलाई आठ विकेटले हरायो

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको