राजनीतिका नाममा लुटपाट मच्चाउनेलाई कानूनी कारबाही हुन्छः प्रधानमन्त्री ओली (भिडियो सहित) « Khabarhub

राजनीतिका नाममा लुटपाट मच्चाउनेलाई कानूनी कारबाही हुन्छः प्रधानमन्त्री ओली (भिडियो सहित)


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका नाममा लुटपाट मच्चाउने जाेकोहीलाई कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।

काठमाडौंमा भएकाे कार्यक्रममा प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारबाही गर्ने निर्णय लिएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पारे । उनले राजनीतिका नाममा लुटपाट मच्चाउने, विध्वंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक पार्टी मान्न नसकिने तर्क गरे । उनले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गरे ।

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको  स्मरण गराए । प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए ।

उनले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराए । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले देशमा अब विखण्डनकारी शक्ति सकिएको दाबी गरे।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ०१ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले