महिला सम्मेलनमा उपस्थित महिलाहरुलाई नै अपशब्द प्रयोग गरेपछि‍‍‍… « Khabarhub

महिला सम्मेलनमा उपस्थित महिलाहरुलाई नै अपशब्द प्रयोग गरेपछि‍‍‍…


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले महिलाहरु उपस्थित एउटा सम्मेलनमा उपस्थित महिलाहरुलाई ‘कुकुर्नी’ भन्ने शब्द प्रयोग गर्दै सम्बोधन गरेका छन् ।

गत सोमबार महिला प्रहरी तथा सुरक्षाकर्मीलाई पुरस्कार दिने कार्यक्रममा उपस्थित महिलाहरुलाई उनले स्थानीय ताग्लोग भाषामा ‘पुता’ शब्द प्रयोग गरेका थिए । त्यस शब्दको अर्थ कुकुर्नी हुन आउँछ ।

उनले बेलाबेला महिलाहरुमाथि अपशब्द प्रयोग गर्दै आएका छन् । ‘कुकुर्नी’ शब्द प्रयोग गरिसकेपछि उनले आफूले महिलाहरुलाई प्रेम गर्ने भन्दै आफ्नो बचाउ गरेका थिए ।

उनले आफूले महिलाहरुलाई प्रेम गर्ने भएकाले आफूले बहुविवाह गरेको जनाएका थिए । कार्यक्रममा उनले भने ‘हेर्नुहोस् म महिलाहरुलाई प्रेम गर्छु, त्यसैले मैले दुईवटा विवाह गरेको हुँ ।’

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा डुटेर्टेले डभाओ शहरको मेयर रहँदा बलात्कार पछि हत्या गरिएकी एकजना अष्टे«लियन महिलालाई आफूले शुरुमै बलात्कार गर्न नपाएको भन्ने टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए । त्यसबाहेक उनले अघिल्लो वर्ष दक्षिण कोरियामा भएको एक कार्यक्रममा एकजना महिलालाई मञ्चमै बोलाएर चुम्बन गर्न लगाएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ३९ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,