दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला « Khabarhub

दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् ।

२ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको बताए ।

४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले चिसोबाट बच्न जलाइएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी राठोरले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : १२ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी