दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला « Khabarhub

दामनको पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् ।

२ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको बताए ।

४ जना महिला र ४ जना पुरुष २ ओटा कोठा लिएर बसेका थिए । सोमबार राति राम्रोसँगै सुतेका उनीहरु बिहान भने अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीले चिसोबाट बच्न जलाइएको ग्यास हिटरका कारण निस्साएिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी राठोरले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : १२ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित