नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद « Khabarhub

नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले नियम उल्लङ्घन गरी चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । उनले चेकिङका क्रममा मीठो व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिएका हुन् ।

बुधवार उनी आफ्नो ग्वार्कोस्थित घरबाट एक साथीलाई भेट्न बानेश्वरतिर आउँदै थिए । सो क्रममा घर नजिकै भएको चेकिङका क्रममा उनी प्रहरीको कारवाहीमा परेका थिए ।

ट्राफिक प्रहरी सन्तोष चौधरीले मीठो स्वरमा ‘तपाईंले सिट बेल्ट लगाउनुभएको रहेनछ, चिट काटिदिऊँ?’ भनेका थिए । उनको व्यवहारबाट केदार आफू प्रभावित भएको र उत्तिखेरै चिट काट्न त्यसरी नै प्रतिक्रिया दिएका थिए ।

‘उहाँले कति मीठो गरी भन्नुभयो, यसरी पनि त हुँदो रहेछ नि,’ केदारले भने ।

ट्राफिक प्रहरी महाशाखामा कार्यरत सन्तोषले पनि चेकिङका क्रममा आफूले केदार घिमिरेलाई नचिनेको बताए । उनले भने ‘त्यतिखेर मैले चिनिनँ, उहाँले सिट बेल्ट लगाउनुभएको थिएन, मलाई केही जस्तो लागेन,’ चौधरीले भने ।

केदारले त्यतिबेला आफूले उनीको टोपी र मास्क लगाएकाले ती ट्राफिक प्रहरीले नचिनेको हुनसक्ने बताए । त्यतिबेला आफू चिनिन नचाहेको पनि उनले बताए ।

‘गल्ती गरिसकियो, मैले त चिट काटिदिन भनेँ,’ केदारले हाँस्दै सुनाए ।

यसअघि चौधरीले अभिनेता भुवन केसीलाई पनि चिट काटेको सुनाए । त्यतिबेला भने भुवन केसीले मादक पदार्थ सेवन गरेका कारण चिट काट्नुपरेको पनि उनले खुलाए ।

ट्राफिक नियम उल्लङ्घन गरेपछि केदारलाई रुपैयाँ ५ सयको चिट काटिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : २६ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना