थ्री स्टारको अंक तालिकामा सुधार, लिगमा सय गोल पूरा « Khabarhub

थ्री स्टारको अंक तालिकामा सुधार, लिगमा सय गोल पूरा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई ३–१ गोल अन्तरले पराजित गर्दै १४ अंकसहित थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको हो । यसअघि थ्रीस्टार ७ खेलबाट ११ अंकसहित लिगको पाँचौ स्थानमा रहेको थियो ।

हिमालयन शेर्पालाई पराजित गर्न थ्रीस्टारका सुनिल राईले खेलको छैठौं मिनेटमा गोल गरे । खेलको पहिलो हाफको अतिरिक्त समयमा भने हिमालयन शेर्पाका स्टेफेन समिर देयुबेनीले गरे । देयुबेनीको गोलमा खेल १–१ बराबरी भएको थियो । तर, त्यसको १ मिनेट नवित्दै तत्काल थ्रीस्टारका लागि सञ्जोग राईले गोल पुन एक गोल थप्दै पहिलो हाफमा टीमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

सञ्जोगको उक्त गोल ए डिभिजन लिगको सयौं गोल हो । यस सिजनमा आठौं चरणको दोस्रो खेलमा आएर सय गोल पूरा भएको छ ।

२–१ गोलले अगाडि रहेको थ्रीस्टारका लागि ५० औं मिनेटमा ओसियु ओलान्दीरान हजमातले गोल गरेका थिए । उनले ५० औं मिनेटमा गरेको गोल नै थ्रीस्टारको जीतका लागि निर्णायक बन्यो ।

जीतसँगै थ्रीस्टार माथि उक्लिँदा शेर्पा भने ७ अंकसहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : ०७ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको