ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना « Khabarhub

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् ।

पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्ने बताए ।

‘ सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै लगानी गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।’

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब डेढ करोड सङ्कलन हुने लक्ष्य रहेको जानकारी दिए ।

महोत्सवमा झन्डै २ सय प्रदर्शनी कक्ष छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : २७ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर