‘हिमालयन चितुवा’ अविरलले जापानमा जिते उपाधि « Khabarhub

‘हिमालयन चितुवा’ अविरलले जापानमा जिते उपाधि


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् ।

जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारेका हुन् ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उनी हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उनी जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित छन् ।

पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आएका उनले हालसम्म १५ अन्तराष्ट्रिय स्पर्धामा विजयी भएको बताएका छन् ।

नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आएका उनी पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुटेका छन् ।

बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गरेका थिए । उपाधि हासिल गरेपछि अविरलले भने, ‘अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो । ‘

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ८ : ५२ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण