कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट शुरु भएको कोरोना भाइसरसको संक्रमण नेपालमा प‍नि भेटिएको छ ।

केही दिन अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

उनीमा कोरोना भाइस छ छैन भन्नेबारे परीक्षणका लागि हङकङ पठाइएकाे ‘स्याम्पल’ आएपछि ती युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे यहाँ केही जानकारी प्रदान गरिएको छ ।

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,

–छिटोछिटो सास फेर्नु,

–सास फेर्न गाह्रो हुने,

–समयमा उपचार नभएका निमोनिया हुनु,

–सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,

–मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,

– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,

–मासु र अण्डा राम्रोसँग पकाएर खाने,

–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : ०५ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै