भारतले ७१ औं गणतन्त्र दिवस मनाउँदै « Khabarhub

भारतले ७१ औं गणतन्त्र दिवस मनाउँदै


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।

यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

त्यसपछि राजपथमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम हुनेछ । लगत्तै २१ तोपको सलामी दिइने छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रका नाममा सम्बोधन गर्दै एकताका लागि आह्वान गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना