वर्तमान शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै भयोः अध्यक्ष तिमिल्सिना « Khabarhub

वर्तमान शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै भयोः अध्यक्ष तिमिल्सिना


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा उनले अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको बताए ।

उनले भने , “शिक्षा लिएको हातमा प्रमाणपत्र छ तर कतै काम पाइँदैन ।” यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै उनले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आवश्यक रहेको बताए ।

“शिक्षा पढाइ मात्रै नभएर यसलाई व्यावहारिक जीवनमा समेत उतार्न सक्नुपर्छ”, उनले भने । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उनले बताए ।

सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विद्यालय २०२२ साल माघ १२ गते स्थापना भई सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ४५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर