विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल | Khabarhub Khabarhub

विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको बीबीसीले जनाएको छ ।

अमेरिकाको सीयाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो । तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो ।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो । दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन् ।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, “यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ।”

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ। तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ३१ बजे

फेरि कांग्रेस-कम्युनिस्ट हाबी भए जेन-जीको आन्दोलन व्यर्थ हुन्छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखापरेको वर्तमान संकटको

मोदीले प्रधानमन्त्री कार्कीलाई भने- शान्ति र स्थिरताको प्रयासमा भारतको दृढ समर्थन छ

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाको सामूहिक राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल  आज प्रहरी प्रधान कार्यालय पुगेर