ए डिभिजन लिग फुटबलः आज शेर्पा र सरस्वती तथा जावलाखेल र आर्मी भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः आज शेर्पा र सरस्वती तथा जावलाखेल र आर्मी भिड्दै


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको सरस्वतीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ ।

शीर्ष डिभिजनमा उक्लिने सम्भावना जिवित राख्न उसलाई आजको खेलमा जित्नैपर्ने दबाब छ ।

लिगमा अव सरस्वतीले ५ खेल खेल्न बाँकी छ । शेर्पा पनि आजको खेलमा जितको लक्ष्यमा रहनेछ । लिगमा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।

लिगको शीर्ष स्थानमा रहेको अवस्थामा आर्मीले पछिल्लो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । जसका कारण उसले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमाएको थियो

लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडि छ ।

एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ । आर्मीविरुद्ध जित निकाले जावलाखेल भने चौथो स्थानमा उक्लिनेछ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : १३ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर