‘गाम्बिनो क्राइम’का बोस ‘फ्राङ्की ब्वाई’ मारिए « Khabarhub

‘गाम्बिनो क्राइम’का बोस ‘फ्राङ्की ब्वाई’ मारिए


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाको न्यूयोर्क शहरमा सक्रिय कुख्यात आपराधिक समूह गाम्बिनो क्राइम फ्यामिलीका बोस बताइने फ्रान्सिस्को ‘फ्राङ्की ब्वाई’ क्यालीको गोली हानी हत्या गरिएको छ ।

न्यूयोर्क शहरको स्टेटेन टापुमा रहेको उनको घरअगाडी क्यालीको गोली हानी हत्या भएको अमेरिकी अधिकारीले जनाएका हुन् ।

न्यूयोर्क शहरका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार उनलाई ६ वा ७ पटक सम्म गोली हानीएको थियो । गोली हानेपछि उनको शरिरमाथिबाट बन्दुकधारीले पिकअप ट्रक गुडाएका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

५३ वर्षे क्यालीको हत्या हुनुको स्पष्ट कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । गाम्बिनो क्राइम फ्यामिली इटालियन मूलका ५ मुख्य कुख्यात आपराधिक समूहमध्येको समूह बताइन्छ ।

यो समूहमाथि हत्या, सम्पत्ती शुद्धिकरण, गैरकानूनी जुवा सञ्चालन, लागूऔषधको कारोबार लगायतका गतिविधिमा संलग्न रहेको अभियोग लागेको छ । सन् २००८ मा क्यालीले विभिन्न आपराधिक अभियोगमा १६ महिना जेलसजाय भोगिसकेको बताइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ५० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर