सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै   « Khabarhub

सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै  


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुखमा निर्वाचित भएपछि अग्नि प्रसाद सापकोटाले आज पहिलो पटक बैठकको अध्यक्षता गर्दैछन ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन ।नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि प्रवेश पाउने छन् । विधेयक अधिवेशनको रुपमा लिइने यो हिउंदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नेछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विवादित बनेका केही विधेयकहरु पनि अब पारित गराउने रणनीतिमा सरकार छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा गत असोज १४ गते तत्कालिन सभामुख कृष्ण बहादुर महराले राजिनामा दिएपछि सभामुख पद रिक्त रहँदा सभामुखले नै प्रमाणित गरेर राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनु पर्ने कतिपय बिधेयक समेत रोकिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ११ : ४४ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको