रिहापछि आस्था राउतको प्रतिक्रिया – यो घटनाले सचेत बनायो « Khabarhub

रिहापछि आस्था राउतको प्रतिक्रिया – यो घटनाले सचेत बनायो


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ‘पक्राउ’ परेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार उनलाई ४ हजार धरौटीमा रिहा गर्न भनेको हो ।

सोमवार प्रहरीको सम्पर्कमा आएर ‘पक्राउ’ परेकी आस्था प्रशासनले मंगलवार नै रिहा गर्न आदेश दिएको हो । रिहापछि पत्रकारसँग कुरा गर्दै राउतले यो घटनाले आफूलाई धेरै सिकाएको प्रतिक्रिया दिइन् ।

उनले सामाजिक सञ्जाल या सार्वजनिक स्थलमा बोल्दा सबैले विचार पुर्‍याउनुपर्ने बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही छैन, गलत गरेपछि सबैलाई कानूनी दायरामा आउनैपर्छ ।’

साथै आस्थाले यो विषयलाई लिएर मिडियामा अतिरञ्जित नगर्न पनि सबैलाई अनुरोध गरिन् । उनले यो घटनाले आफूलाई सचेत बनाएको र सबक सिकाएको बताइन् ।

अभद्र व्यवहारको जाहेरी परेकी आस्थालाई प्रहरीले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो ।

केही दिन अगाडि कार्यक्रमका सिलसिलामा भारतको सिक्किम जाने क्रममा झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले चेकिङका क्रममा महिला प्रहरीबाट अपमानजनक व्यवहार खेप्नु परेको भन्दै  फेसबूक लाइभमार्फत प्रहरी प्रशासनलाई गाली गरेकी थिइन् ।

गाली गर्ने क्रममा केही अपाच्य शब्द प्रयोग गरेपछि उनी विवादमा तानिएकी थिइन् । विमानस्थलमा डिउटीमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ४ : ४५ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको