टाटाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक ‘नेक्सन ईभी’ « Khabarhub

टाटाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक ‘नेक्सन ईभी’


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधन उत्पादक कम्पनी ‘टाटा’ले सबैभन्दा सस्तो इलेक्ट्रिक ‘एसयूभी नेक्सन ईभी’ लन्च गरेको छ । यसको सुरुवाती मूल्य १३ लाख ९९ हजार भारु तोकिएको छ ।

विभिन्न तीन भेरिएन्ट एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस एलयूएक्समा सो कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । यी भेरिएन्टको मूल्य क्रमशः १३ लाख ९९ हजार, १४ लाख ९९ हजार र १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकिएको छ ।

टाटा नेक्सन ईभीमा ३०।२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसमा भएको इलेक्ट्रिक मोटरले १२९ पीएस पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३१२ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सो कारमा ३५ कनेक्टेड फिचर हुनेछन, जसलाई जेटकनेक्ट एपको मदतले प्रयोग गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ८ : २७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग