लाइट क्यामेरा प्रविधिविनाको नयाँ फोन ल्याउँदै नोकिया, यस्ता छन् विशेषता « Khabarhub

लाइट क्यामेरा प्रविधिविनाको नयाँ फोन ल्याउँदै नोकिया, यस्ता छन् विशेषता


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नोकियाको नयाँ फोन ‘९.२ प्योर भ्यू’ सार्वजनिक हुन अघि नै चर्चामा छ । २०१९ को फ्ल्यागसिप फोनमा देखिएका कमीकमजोरी सुधार गर्दै नोकियाले नयाँ फोन बजारमा ल्याउन लागेको हो ।

गत डिसेम्बरमा नै नोकिया ९.२ प्योर भ्यूको ल्याउने कुरा सार्वजनिक भएको थियो । यो फोन २०२० को पहिलो ६ महिना भित्र वा जुन २० भित्र सार्वजनिक हुने कम्पनीले बताएको छ ।

यसमा स्नापड्रागन ८६५ चिपसेट रहनेछ । यसको मूल्य ६६२ अमेरिकी डलर अर्थात करीब ७५ हजार रुपैयाँ आसपास रहने बताइएको छ ।

यो फोनमा लाइट क्यामेरा प्रविधि नहुने बताइएको छ । जसले गर्दा यसले राम्रो एचडीआर र लो लाइट स्न्याप दिनेछ भने ग्रानुलर डेप्थ इफेक्ट समेत यसले प्रदान गर्नेछ ।

यो फोनमा १२ मेगापिक्सलका ५ ओटा क्योमरा हुनेछन् । जसमा तीन ओटा मोनोक्रोम र दुईओटा आरजीबी सेन्सर रहनेछन् । मल्टी लेन्स क्यामेरा कम्पनी लाइटले यसमा नोकियालाई सहयोग गरेको छ ।

नोकिया ९.२ मा नर्मल, वाइड, टेलिफोटो क्यामेरा लेआउट हुनेछ । यसमा ठूलो सेन्सर सहितको उत्कृष्ट क्यामेरा हुने बताइएको छ । यसमा बेजललेस डिस्प्ले हुनेछ । यस्तै यसको सेल्फी क्यामेरा भने ३२ वा ४८ मेगापिक्सलको हुनेछ । वायरलेस चार्जिङको सुविधा पनि हुने जनाइएको छ ।

नोकिया नाइन प्योर भ्यू २०१९ को एउटा बहुप्रतिक्षित फोन थियो । यो फोनमा पेन्ट लेन्स क्यामेरा राखिएको थियो ।

तर यो फ्ल्यागसिप फोनमा क्यामेरा क्वालिटी र सुस्त क्यामेरा पर्फमेन्सको समस्या देखिएपछि यसमा रहेका कमी कमजाेरी सुधार गर्दै नोकियाले नयाँ फोन ल्याउन लागेको हो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २६ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्