लाइट क्यामेरा प्रविधिविनाको नयाँ फोन ल्याउँदै नोकिया, यस्ता छन् विशेषता « Khabarhub

लाइट क्यामेरा प्रविधिविनाको नयाँ फोन ल्याउँदै नोकिया, यस्ता छन् विशेषता


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नोकियाको नयाँ फोन ‘९.२ प्योर भ्यू’ सार्वजनिक हुन अघि नै चर्चामा छ । २०१९ को फ्ल्यागसिप फोनमा देखिएका कमीकमजोरी सुधार गर्दै नोकियाले नयाँ फोन बजारमा ल्याउन लागेको हो ।

गत डिसेम्बरमा नै नोकिया ९.२ प्योर भ्यूको ल्याउने कुरा सार्वजनिक भएको थियो । यो फोन २०२० को पहिलो ६ महिना भित्र वा जुन २० भित्र सार्वजनिक हुने कम्पनीले बताएको छ ।

यसमा स्नापड्रागन ८६५ चिपसेट रहनेछ । यसको मूल्य ६६२ अमेरिकी डलर अर्थात करीब ७५ हजार रुपैयाँ आसपास रहने बताइएको छ ।

यो फोनमा लाइट क्यामेरा प्रविधि नहुने बताइएको छ । जसले गर्दा यसले राम्रो एचडीआर र लो लाइट स्न्याप दिनेछ भने ग्रानुलर डेप्थ इफेक्ट समेत यसले प्रदान गर्नेछ ।

यो फोनमा १२ मेगापिक्सलका ५ ओटा क्योमरा हुनेछन् । जसमा तीन ओटा मोनोक्रोम र दुईओटा आरजीबी सेन्सर रहनेछन् । मल्टी लेन्स क्यामेरा कम्पनी लाइटले यसमा नोकियालाई सहयोग गरेको छ ।

नोकिया ९.२ मा नर्मल, वाइड, टेलिफोटो क्यामेरा लेआउट हुनेछ । यसमा ठूलो सेन्सर सहितको उत्कृष्ट क्यामेरा हुने बताइएको छ । यसमा बेजललेस डिस्प्ले हुनेछ । यस्तै यसको सेल्फी क्यामेरा भने ३२ वा ४८ मेगापिक्सलको हुनेछ । वायरलेस चार्जिङको सुविधा पनि हुने जनाइएको छ ।

नोकिया नाइन प्योर भ्यू २०१९ को एउटा बहुप्रतिक्षित फोन थियो । यो फोनमा पेन्ट लेन्स क्यामेरा राखिएको थियो ।

तर यो फ्ल्यागसिप फोनमा क्यामेरा क्वालिटी र सुस्त क्यामेरा पर्फमेन्सको समस्या देखिएपछि यसमा रहेका कमी कमजाेरी सुधार गर्दै नोकियाले नयाँ फोन ल्याउन लागेको हो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २६ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि