आगलागीबाट डेढ करोडको क्षति « Khabarhub

आगलागीबाट डेढ करोडको क्षति


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आग‍लागीबाट डेढ करोडको क्षति प्रभएको प्रारम्भिक अनुमान गरिएको छ ।

इलामको सन्दकपुर गाउँपालिकाको –१ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेको होटेलमा आगो लाग्दा पाँच वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्य दिउँसो स्थानीयवासी चक्रदीप मुखियाको भान्साघरबाट शुरु भएको आगोले पाँच वटा होटलका सामान पूर्णरुपमा जलेर नष्ट हुँदा एक करोड ४० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले सञ्चालन गर्दै आएका होटलहरु जलेका हुन् । काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी युवराज पिसीले जानकारी दिए ।

आगलागीबाट चक्रदीप मुखियाले सञ्चालन गरेको सिम्रन होटलमा आगो लाग्दा ४२ लाख बराबरको सरसामान, २० तोला सुन, १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाइएको छ ।

यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान, नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागीबाट कमल मुखीयाले संचालन गरेको होटलबाट १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद, १ तोला सुन र १० तोला चाँदी जलेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : १५ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको