कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन | Khabarhub Khabarhub

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ ।

बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख ९४० प्रतिशत० एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ ।

कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात् पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

ऋणपत्रको ब्याज भुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावाँ १० वर्षपछि अर्थात् २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ०२ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी