एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा « Khabarhub

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि विस्तार गरेको छ ।

बैंकको यो ९५औं नयाँ शाखा हो ।

बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुसल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पुराउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५ औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका उच्च अधिकारीलगायत विभिन्न प्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र